THOUSANDS OF FREE BLOGGER TEMPLATES

Thursday, June 11, 2009

सेक्स आनन्दसँगै व्यायाम पनि

सेक्सले सबै मानवीय उत्तेजनालाई अभिव्यक्त गर्नुको साथै दाम्पत्य सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका निर्वाह गरेको हुन्छ । भनिन्छ- पुरुषले यौन आनन्द प्राप्तिका लागि प्रेम गर्छ भने नारीले प्रेम प्राप्तिका लागि यौन । स्वतन्त्रतापछिका महिलाहरुले सेक्सलाई सीपको र आनन्द आदान-प्रदानका रुपमा लिन थालेका छन् र यौनमा सहभागिता गर्दा पुरुषले महिलालाई बढी यौनको साधन र महिलाले आफूलाई पुरुषको भावनाबाट अनभिज्ञ रहने परम्परा तोड्दै आएको पाइन्छ । यस किसिमको स्त्री-पुरुष सम्बन्धको सोचाई एवं तरिका बदलिंदा छन् । कारोल कासेली नामका विद्वानका भनाइमा सेक्स क्रियाबाट स्त्रीहरु सेक्स चाहनाबाट बढारिन्छन् मात्र भने पुरुषहरु सन्तुष्ट हुन्छन् । यो कुरा सत्य नै हुन्छ होला, यदि सेक्सबाट प्राप्त हुने रोमान्सको विचारधाराको पुन व्याख्या भएमा ।

विवाह नगरिकनै तनावदेखि स्वतन्त्र रहेर बस्नु संदिग्ध हुन्छ । तर स्थापित गर्ने दृष्टिकोणले रोमान्टिक वातावरण बनाइराख्नु खराब कुरा होइन किनकि पढाइको, आवासको र नोकरीको कारणहरुले गर्दा छिटो नै स्थापित हुन नसक्ने अवस्थामा विवाहबिना नै यौन सम्बन्ध कायम गरिराख्ने प्रथा एक सामाजिक वाध्यता पनि भएको छ । यो प्रवृत्ति झन्-झन् बढेर जानेछ र स्त्रीहरु विवाहपूर्व कुमारी नै रहुनुपर्छ भन्ने सोचाइ प्राचीन हुँदै जानेछन् । सेक्स भन्ने कुरा जवान स्त्री र पुरुषसँग सम्बन्धित भए पनि बुढाहरु पनि आफ्नो यौन सामर्थ्य कायमै राख्न ज्यादै उत्सुक देखिन्छन् । यस्ता मानिसहरु ६० बर्षको उमेरपछि वा क्रियशील यौन जीवनले नकारात्मक प्रभाव पार्छ कि भनी सोच्दै हिंदेको उदाहरण पनि पाइन्छन् र मेरो बिचारमा ६० बर्षदेखि, ७० बर्षबीचको अवस्था यौनका लागि स्वर्णीम अवस्था हो जस्तो लाग्छ । किनकि यस अवस्थामा मानिस जवानीको उत्तेजना बिना सेक्सको आनन्द लिन सक्दछ । दशकौसम्म सँगै बिताइसकेका जोडीले भौतिक र मनोवैज्ञानिक पूर्णता पनि यसैमार्फत प्राप्त गर्छन् । सेक्सद्वारा जीवनलाई मनोरञ्जनपूर्ण बनाउन चाहनेहरुको लागि मेरो सल्लाह यसलाई ब्यवहारमा उतारिरहनुस्, बन्द नगर्नोस् ।

यदि तपाईँ सेक्सको दृष्टिकोणले क्रियाशील हुनुहुन्छ भने त्यसलाई बचाइराख्न सक्नुपर्छ । आजकल शिक्षित महिलाहरुले पनि सेक्सलाई प्रजनन् वा सन्तान उत्पादन क्रियासँग मात्र नजोडेर मनोरञ्जन माध्यमका रुपमा लिन थालिसकेका छन् र सेक्स आनन्द लिन खेज्नु पुरुषकोझै महिलाहरुको पनि नैसर्गिक हक हो । एकजना विरामी महिलाले भनेको कुरा मलाइ अझै याद छ । महिलाहरु पुरुषका लागि स्लिपिङ पिल्सँ मात्र होइनन्, बरु हामीले पनि उनीहरुबाट विभिन्न किसिमका सन्तुष्टि पाउनुपर्छ । विभिन्न तरिकाबाट गरिने सम्भोगबाट आनन्द प्राप्त हुने मात्र होइन प्रभावकारी ब्यायाम पनि हो ।

Admin

0 comments: