आर्थिक अभावपुर्ण जिवन बाच्दै आएकी करिनाले अध्ययन गर्नुका सार्थै अलि अलि दाम पनि कमाउने सुरमा इजरायलमा गइन् । उनी भुमिगत जीवन बिताउछिन् । सकभर आफु बसेको कोठाबाट निस्कदिनन् । उनलाई इजरायाली प्रहरीले गिरफ्तार गर्न खोजिरहेकोछ । ‘करिना’ यो उनको सक्कली नाम चाही होइन, उनलाई एक अपराधिक समुहले काम दिने प्रलोभन देखाएर इजरायलको वेस्यालय बेचेका हुन् । पत्रिकामा विदेश पढ्न जाने विज्ञापनमा मार्फत उनी मानव बेच विखन गर्ने समुहको फन्दामा परेकी हुन् । करिनाको युक्रेनकी नागरिक हुन् ।
इजरायलमा १९९० को दशक देखी २००० सम्म करिना जस्ता तीन हजार महिलालाई राम्रो काम लगायत राम्रो जीवनको प्रलोभनमा इजरायल ल्याइयो । करिनाले पत्रिकामा विदेश अध्ययन गर्न जाने आकर्षक विज्ञापन देखिन् । उनलाई के थाहा इजरायल पुर्याउने एजेन्टले उनलाई विश्वविद्यालय नपुराई इजरायलको कोठीमा लैजान्छ भन्नेबारे । उनीलाई एजकेलन एर्पाटमेन्टमा लगियो । एर्पाटमेन्टका महिलाहरुले वेश्यालयमा आइपुगेको बताएपछि मात्र करिना छाँगाबाट खसिन् । उनी त्यहाँबाट निस्कन चिच्याउन थालिन् । तर उनलाई त्यहाँ रहेका केही पुरुषहरुले हिर्काउन थाले । त्यही नै उनलाई कैयौंले पटकपटक बलत्कार पनि गरे । उनको केही लागेन । बलत्कारको पीडाले उनको यौनाङग क्षतबिक्षत भैसकेको थियो तर पिपासु पुरुषहरुले तै पनि छाडेनन् । करिनालाई झ्याल नभएको कोठोमा एक एक महिनासम्म थुनेर राखियो । उनलाई खाना पानी केही पनि दिइएन । उनले ट्वाइलेटको धाराको पानी खाएर बाचिन् । बिभिन्न साइजका र जातका पुरुषहरुको बलत्कारबाट पीडित करिनाको यौन अङ्गका घाउ भएर पाक्न थालिसकेको थियो तर पनि बलत्कार दिनहु जारी थियो । अन्तमा हरेक उपाय लगाएर करिना ती िहंस्रकहरुको पन्जाबाट उम्कन सफल भइन् तर अझैसम्म उनले भोगेको शारिरीक र मानसिक घाउ मेटीएको छैन । उनी पलपलमा तर्सिने र चिच्याउने गर्छिन् ।
इजरायलमा देह ब्यापारका लागी महिलाहरुलाई मुख्य रसिया मालडोभा युक्रेन उज्वेकिस्तान र बेलारुसबाट दलालहरुले विभिन्न प्रलोभन देखाएर ल्याउने गरेका छन् । सयुक्त राष्ट्रसघंले गत वर्ष महिला बेचविखनका लागि इजरायल मुख्य गन्तब्यस्थल भएको बताएको थियो । इजरायलमा वेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । तर कोठी राख्न र बेश्याबृत्तिका दलाललाई भने कानुनी छुट छैन । तर कानुनको पुर्ण पालना भएको छैन । थोरै वेस्यालयहरु मात्र बन्द गरिएका छन् । इजरायलको टेलएभिज नेभसानन जिल्लाको चारतारे टुरिष्ट होटेलहरुबाट दुई चार पाइला हिड्ने बित्तिकै मसाज पार्लर सौना वाथ र इन्टरनेट क्याफेका नाममा छ्याप्ती छ्याप्ती बेश्यालयहरु भेटिन्छन् । साइबर क्याफे मसाज पार्लर नाम दिएको एउटा वेश्यालय त पुलिस स्टेसन पछाडी नै सन्चालन भइरहेकोछ । तर कुनै कारवाही हुदैन । प्रहरीको संरक्षणमा नै इजरायलमा बेश्यालय धन्दा फस्टाउदै छ । नेपालजस्ता मुलुकबाट समेत केयर गिभर घरेलु श्रमिक का नाममा बेयाबृत्तिका लागि राम्रो प्रलोभन दिएर महिलाहरु झिकाउने कार्य जारी छ ।
संयुक्त राष्ट्रसघंको लगातरको दबाब र गैर सरकारी सस्थांको विरोधका कारण वेश्याबृत्ति अपराधका सम्बन्धको कानुन सरकारले २०००मा ल्यायो । २००४ मा सरकारले टेल भिज नेभसाननमा यौन कार्यका लागी बेचिएका महिलाको लागी आबास गृहको स्थापना गर्यो । महिलालाई ओसार पोसार गर्ने नाकाहरु बन्द गरिए । दलालहरुलाई कडा सजाय तोकियो । सभावित दलालहरुको सरकारले खोजि गर्न थाल्यो । तर पनि स्थितीमा खासै परिवर्तन आएको छैन । प्रहरीका अनुसार यौनकार्यका लागी इजरायल ल्याइने महिलाको सख्यामा निकै कमी आएकोछ । तर बेश्याबृत्ति फस्टाएको बिदेशबाट महिला ल्याउने क्रम भने रोकिएको छैन । २००३ मा प्रहरीले महिलाहरु बलत्कार हिसा र यौनबन्दीको शिकार भएका पाइएको थियो । यो क्रम अझै जारी छ । हामी अनुमान मात्र गर्न सक्छौं राम्रो रोजगारीका लागि त्यहा पुगेका नेपाली दीदीबहीनीहरुको अवस्था कस्तो होला ?
0 comments:
Post a Comment